धमाधम बक्यौता तिर्दै विमान कम्पनी, तीन दिनमा उठ्यो पौने दुई करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2019 | 12:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाईन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी बक्यौता रकम बुझाएको छ । भियतनाम एयरलाई एउटा जहाज भाडा दिएलगत्तै हिमालय एयरले १ करोड बक्यौता रकम बुझाएको हो । 

झण्डै २० करोड रुपैयाँ बक्यौता बाँकी रहेपछि विमानस्थलले ताकेता गरेको थियो । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार हिमालयले आईतबार सटही हुनेगरी शुक्रबार एक करोडको चेक दिएको हो । भियतनाम एयरलाई एउटा बेम्बो जहाज भाडामा दिएको हिमालयले अहिले दुई ओटा जहाजमार्फत मात्रै उडान भर्दै आएको छ । विमानस्थललाई तिर्नु बाँकी बक्यौत रकम मासिक १ करोडका दरले बुझाउने पनि सहमति भएको छ । 

यसैबीच बिहीबार २५ लाख रुपैयाँ बक्यौता बुझाएको सौर्य एयरलाइन्सले आईतबार ५० लाख रुपैयाँ बुझाउने भएको छ । सौर्य एयरको २ करोड ८० लाख रुपैयाँ बक्यौता रहेको छ । सौर्यले गत फागुनमा भारतीय लगानीकर्तालाई जहाज बेचेको थियो । आफ्नो जहाज बेचेलगत्तै सौर्यले ५ करोड बक्यौता घटाएर २ करोड ८० लाखमा झरेको हो । सौर्यले दुई बर्षभित्रमा ६०० सिरिजका १२ ओटा जहाज ल्याउन प्रक्रिया सुरु भईसकेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved