बुद्धको कोलकत्ता उडान सुरु, कति छ भाडा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 11:56:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको बायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकत्ता उडान सुरु गरेको छ । हप्ताको तीन उडान गर्नेगरी बुद्धले सोमबारबाट उडान सुरु गरेको हो । 

कोलकत्ता जाने बुद्धको जहाज सोमबार, बुधबार र शुक्रबार विहान ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उड्नेछ । विहान १०ः२५ बजे नेताजी सुवाशचन्द्र बोस एयरपोर्टबाट काठमाडौँका लागि उड्नेछ । 

२२ हजार २ रुपैयाँ दाहोरो टिकट शुल्क कायम भएको उक्त गन्तव्य उडान १ घण्टा ३० मिनेटको हुने बुद्ध एयरका मार्के्टिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीले बताए । ७२ सिट क्षमताको जहाजमार्फत उडान सुरु गरेको बुद्धले पहिलो उडानमा ५५ जना यात्रुलाई कोलकत्ता पठाएको जनाएको छ । फर्किदा ६५ जना फर्किएका छन् । पहिलो उडानले आफूहरु निकै हौसिएको उनको भनाई छ ।

बुद्धका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले बुद्ध एयरको जहाजमार्फत कोलकत्ताबाट काठमाडौँ आएका यात्रुलाई स्वागत गरेका छन् । बुद्ध एयरले सोमबार उडान सुरु गरेको अवसरमा कोलकत्तामा केक काटेर खुशीयाली मनाएको छ ।



आगामी तीन महिनासम्म यात्रुको चाप र सेवाका सन्दर्भमा आउने प्रतिक्रिया हेर्ने र त्यसपछि थप सेवा विस्तारका बारेमा छलफल हुने बुद्धले जनाएको छ । 

बुद्धले यसअघि देखी नै भारतको वाराणशीमा उडान भर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved