त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नयाँ पार्किङ वे निर्माण भएको छ । ठूला जहाज पार्किङ गर्न मिल्ने गरी विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा पार्किङ वे बनाइएको हो ।
‘रिमोर्ट पार्किङ वे’ नाम दिइएको यस पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गर्न सकिने बताईएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार बुधबारबाट यी दुई पार्किङ क्षेत्र संचालनमा आउँदैछन् । योसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय पार्किङ वे को संख्या ११ पुगेको छ । अहिले रहेका ९ वटामध्ये ३ वटामा वाइडबडी जहाज र ६ वटामा न्यारोबडी जहाज राख्न मिल्छ ।
बिमानस्थलले ४७ करोड लागतमा ‘रिमोट पार्किङ वे’ निर्माण गरिएको जनाएको छ । दक्षिणपूर्वी क्षेत्रमा पनि नयाँ पार्किङ वे को काम भईरहेको छ । बन्दै गरेका वे तयार भएपछि नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज पार्किङ गरिने विमानस्थलको योजना छ ।
रिमोर्ट पार्किङ वे निर्माण भएपछि विमानस्थलले भोग्दै आएको सवारी चाप केही कम हुने अपेक्षा गरिएको छ ।