वायु सेवा निगमका लागि ऋण खोज्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 01:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल एयरलाइन्सका लागि सरकारले ऋण सहायता खोजिरहेको बताएका छन् । प्रतिनिधि सभामा पर्यटन मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको प्रधानमन्त्रीका तर्फबाट जवाफ दिदैँ खतिवडाले एनएसीका लागि सरकारले ऋण र व्यवसायिक साझेदार खोजिरहेको बताएका हुन् ।

नेपाली कांग्रेस सांसद सञ्जय गौतमले नेपाल वायुसेवा निगम सेतो हात्ती बनेको टिप्पणी गरेका थिए । नेकपाकी नेत्री रामकुमारी झाँक्रीले पनि ‘नेपाल वायु सेवा निगमको म्यानेजमेन्ट खत्तम भएको, बिजनेश प्लान नभएको र गन्तव्यविहिन अवस्थामा पुगेको’ भन्दै आलोचना गरेकि छिन् । ‘किस्ता पनि तिर्न सक्दैन भन्ने अवस्था आएको छ, सरकारले के सोचेको छ ?’ झाँक्रीले प्रश्न गरिन् ।

जवाफमा अर्थमन्त्री खतिवडाले निगमको चिन्ता सरकारलाई पनि भएको बताए । खतिवडाले भने, ‘जापानमा ओसाका, टोकियो र चीनमा केही प्रक्रिया अगाडि बढेको छ । केही लामो दुरीका र मध्यम दुरीमा हवाइ सम्झौता अगाडि बढ्दैछन् ।’

अर्थमन्त्री अतिवडाले युरोपियन युनियनको कालोसूचीबाट हट्न नागरिक उड्ययन प्राधिकरणको जिम्मेवारी नै विभाजन गर्न लागिएको जानकारी पनि संसदमा दिएका छन् । यसका लागि कानुन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । 

खतिवडाले प्रदेशपिच्छे अन्तराष्ट्रिय विमानस्थलको माग भएको भन्दै सरकारले अध्ययन गर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved