नयाँ दिल्लीमा नेपालको प्रचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2019 | 05:04:29 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’को सचिवालय र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले भारतका प्रमूख ट्राभल व्यवसायीका सामू नेपालको प्रचार गरेको हो ।  ‘‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो) भएको हो ।

डिसेम्बर ५ मा नयाँदिल्लीमा भएको कार्यक्रममा भारतका करिब ६० वटा प्रमूख ट्राभल व्यवसायीहरु सहभागी थिए । पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले डिसेम्बर ६ मा पाटा इण्डिया च्याप्टरद्धारा आयोजित ‘टूरिजम पावरहाउस कार्यक्रममा समेत भ्रमण वर्ष २०२० सम्बन्धी प्रस्तुति दिए । 

कार्यक्रममा पाटा अन्तर्राष्ट्रियका सिइओ डा मारियो हार्डीले विश्वका केही मुलुकहरु ‘ओभर टुरिजम’ र कतिपय मुलुकहरु ‘अण्डर टुरिजम’को अवस्थामा रहेको भन्दै दिगो पर्यटन विकासका लागि सन्तुलित वितरण आवश्यक हुने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved