कोरोना असरः पर्यटक ८० प्रतिशत घटे, व्यवसायीको रुवाबासी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2020 | 11:45:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायीहरुले सरकारसँग घरभाडा र करमा ५० प्रतिशत सहुलियत प्रदान गर्न माग गेका छन् । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण संसार भर फैँलिदो अवस्थामा रहेको र नेपालमा विदेशी पर्यटकको आगमन दर दिनप्रतिदिन घट्दै गएको भन्दै पर्यटन सम्वद्ध विभिन्न ९ व्यवसायीक संगठनले हाल भुक्तानी गर्दै आएको घरभाडा तथा करमा तत्कालको लागि ५० प्रतिशतसम्म छुटको माग गरेका छन् । 

वसन्त ऋतुको पर्यटकीय सिजन सुरु हुने बेलामा पर्यटन आगमन ८० प्रतिशतले घटेको भन्दै छुटको माग गरेका हुन् । बुकिङ भएका होटेल तथा एयरलाइन्सका टिकटहरु धमाभम बुकिङ रद्द हुन थालेको पर्यटन व्यवसायीहरु चिन्तित बनेका छन् ।

यस्ता छन् व्यवसायीका मागः

१) नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्य्विधि २०७५ को संशोधनमा पर्यटन व्यवसायको लागि दिएको कर्जा तथा ब्याजलाई होटलमा दिइँदै आएको पुनर्कर्जाको व्यवस्था ट्राभल्स, पर्यटन यातायातलगायतका पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा समेत दिने व्यवस्था गरियोस् ।

२) माथीको बुदा नं. १ मा भएको व्यवस्थाअनुसार पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पुनर्तालिका  गर्ने तथा ब्याजलाई समेत तत्काल पुँजिकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गरी एक वर्षपछिमात्र सावाँसहितको ट्रमलोन भुक्तानी गर्ने व्यवस्था मिलाउने ।

३) पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई आवश्यकताअनुसार कटौती गर्ने व्यवस्था गरियोस् एवं श्रमिकहरुको राहतका लागि सामाजिक सुरक्षा कोषबाट कम्तिमा ५० प्रतिशत राहतको व्यवस्था गरियोस् ।

४) कोरोना भाइरसको प्रभावले पर्यटन क्षेत्रमा रहेका श्रमिकहरुलाई पलायन हुन नदिनको लागि नेपाल सरकारले नाथम्सँगको सहकार्यमा निजी क्षेत्रको समन्वयमा विशेष तालिम तथा सेमिनारको व्यवस्था गरियोस् । जसको कारण श्रमिहरुको पेशा तथा दक्षता अभिवृद्धि रहिहोस् ।

५) कोरोना भाइरसका कारण पर्यटकहरुले आफ्नो बुकिङ (होटल तथा हवाई टिकट) रद्द गरिरहेकाले पुनर्तालिका वा फुल रिफण्डको लागि व्यवस्था मिलाइयोस् ।

६) पर्यटन व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, वार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने तथा हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगरियोस् ।

७) पर्यटन व्यवसायीले भुक्तानी गर्दै आएको घरभाडा तथा कर हालको लागि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरियोस् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved