अब कहिले आउँलान् विदेशी पर्यटक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 03:41:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमणका कारण विश्वका सबैजसो देश लकडाउनको अवस्थामा छन् । केही केही देशले पर्यटकीय गतिविधि खुल्ला गरेका छन् । नेपालको हकमा पनि व्यवसायिक हवाइ उडान भदौ १ गतेबाट सुचारु हुँदैछ । 

सन् २०२० को फेब्रुअरीबाट पर्यटक आगमन रोकिएपछि नेपालको पर्यटन क्षेत्र धाराशायी बनेको छ । पर्यटन व्यवसायीहरु नयाँ खालका व्यवसायिक रणनीतिमा जुटेका छन् । 

‘अक्टुबरबाट विदेशी पर्यटक आउँछन्’

अहिले जुलाईको अन्तिम हप्ता चल्दैछ । नेपालका पर्यटन व्यवसायीले आगामी अक्टुबरसम्म पर्यटनले सामान्य रुपमा पनि गति लिन नसक्ने बताईसकेका छन् । तर अक्टुबरबाट १० देखि १५ प्रतिशतसम्म पर्यटकको आगमन हुन सक्ने उनीहरुको अनुमान छ । 

‘अक्टुबरमा १० देखि १५ प्रतिशत आउँछन् की भन्ने छ’, आन्तरिक पर्यटन बजारमा सबैभन्दा धेरै पर्यटक बोक्दै आएको बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी भन्छन्, ‘यो संख्या मार्चसम्म पुग्दा ३० प्रतिशतले उकालो लाग्ने हाम्रो अनुमान छ ।’ 

सन् २०२१ को अक्टुबरसम्म पुग्दा पर्यटक आगमन ६० प्रतिशतभन्दा माथि हुने व्यवसायीको दाबी छ । यो प्रतिशत सन् २०१९ मा नेपाल आएका पर्यटकको संख्याका आधारमा व्यवसायीले गरेको अनुमान हो ।

‘अहिले आउँलान् जस्तो लाग्दैन’

तर सरकारले भने तत्काल पर्यटक आउने कुनै सम्भावना नरहेको भन्दै त्यसतर्फ अहिले नै सोच्न नसकिएको बताएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले व्यवसायीले पर्यटक आउन तयार छन् भन्ने गरेपनि विभिन्न देशमा कोरोनाको जोखिम कम नभइसकेका कारण व्यवसायीले भनेजस्तो अहिले नै पर्यटक आउने कुनै सम्भावना नरहेको बताए ।

‘अहिले नै विदेशी पर्यटक आउलान् भन्ने लागेको छैन’ उनले भने, ‘त्यसैले हामीले विदेशी पर्यटक केन्द्रित तयारीलाई केही पछि सारेका छौँ, अहिलेलाई आन्तरिक घुमघामलाई नै महत्व दिने योजनामा छौँ ।’ 

तर होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले भने केही दिनअघि मात्रै नेपाल सरकारले अन्तराष्ट्रिय उडान खुल्ला गरे विदेशी पर्यटक नेपाल आउन तयार रहेको बताएका थिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन

सरकारले विदेशी पर्यटक नआउँदासम्म पर्यटकीय गतिविधि नरोकियोस् भनेर आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ । भदौ १ गतेबाट खुल्ने हवाइ उडानका लागि सरकारले सबै आन्तरिक गन्तव्य खुल्ला गर्ने तयारी गरेको छ । 

‘महिनौ घरभित्र बस्दा एकाएक कार्यालय र काम सञ्चालन हुँदा मान्छेलाई अभ्यस्त हुन समय लाग्छ’ मन्त्रालयल स्रोतले भन्यो, ‘त्यसैले मानिसले चाहेको ठाउँमा घुम्न सकोस् भनेर सबै आन्तरिक गन्तव्यमा हवाइ उडान खुला गर्ने तयारीमा छौँ, यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पनि छलफल भईरहेको छ । यसैलाई आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानका रुपमा लिँदा हुन्छ ।’  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved