लकडाउनपछिको पहिलो आन्तरिक पर्यटक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 06:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी आज धुलिखेल पुगे । आजबाट साउन १५ बाट पर्यटन होटेल र रेष्टुरेन्टहरू खुलेका छन् । लकडाउनपछि पहिलो पटक पर्यटन बजार खुलेका कारण पूर्व सीइओ जोशी आफैँ घुमघाममा निस्किएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोजेको बताउँछन् ।

‘सम्भावित आगन्तुक र पर्यटन सरोकारवालाहरुलाई हौसला प्रदान गर्न आज म छोटो पैदल यात्राको लागि धुलिखेल गएँ’ उनले भनेका छन्, ‘सम्भवतः लकडाउनपछि घुम्न निस्किएको म नै पहिलो पर्यटक हुँ ।’ 

उनले चाँडै नै चितवन, पोखरासहित पूर्व र पश्चिम नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्ने योजना रहेको बताएका छन् । उनले आफ्नो आन्तरिक घुमघामलाई ‘देश दर्शन’ भन्ने गरेका छन् । 

सरकारले साउन १५ बाट होटल तथा पर्यटन क्षेत्र खोल्ने निर्णय गरे अनुसार आजबाट देशका विभिन्न क्षेत्रमा सञ्चालित होटलहरु खुलेका छन् । आज साउन १५ नेपालीहरुले खीर खाएर मनाउने चाडको दिन पनि भएकाले आजकै मितिबाट पर्यटन क्षेत्र खुल्ला हुनु शुभ साइतसमेत रहेको व्यवसायीहरुले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved