विमानस्थलको सुरक्षाका लागि छुट्टै युनिट खडा गर्दै छौँः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2020 | 01:13:47 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरुको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नेबारे बहस सुरु भएको बताएका छन् । सोलुखुम्बुको फाप्लुबाट काठमाडौँ आउँदा आउँदै त्रिभुवन विमानस्थल भित्र निर्मित सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउनुपर्छ भनेर सरकार छलफलमा जुटेको बताएका हुन् ।

हाल मूलुकमा ५५ वटा विमानस्थल रहेकाले केही समय भित्रै पोखरा र भैरहवा विमानस्थल अन्तराष्ट्रिय विमानस्थलका रुपमा सञ्चालनमा आउने भएकाले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाईएको मन्त्री भट्टराईको भनाई छ । उनले यस विषयमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको जानकारी गराए ।

उनले एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएका कारण काठमाडौँ विमानस्थलमा अत्याधिक चाप हुने गरेकाले सबै मानिसहरु सफा नियतले मात्रै आउँछन् भन्ने नभएको बताए । लागू औषधको ओसारपसार, अन्तराष्ट्रिय आपरिक संगठनमा आवद्ध व्यक्तिहरुको ओहोरदोहोर जस्ता विषय उठ्ने गरेकाले यस्ता कामहरु हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने उनले बताए । 

‘विमानस्थलको सुरक्षा संवेदनशील हुन्छ’ मन्त्री भट्टराईले भने, ‘विमानस्थलमा राम्रो मात्रै नियत बोकर मानिसहरु आएका हुँदैनन्, अन्तराष्ट्रिय आपराधिक गिरोहसँग संगठित भएकाहरु पनि आवतजात गर्ने सम्भावना रहन्छ, लागू औषध ओसारपसारका कुरा उठिरहेका छन् । त्यसैले विमानस्थलको सुरक्षाको विषय चूनौती पनि हो, यसकारण छुट्टै सुरक्षा युनिट चाहिन्छ भनेर अहिले छलफल चलिरहेको छ ।’

अहिले नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षाको काम हेरिरहेको छ भने नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ ।

मन्त्री भट्टराईले विमानस्थलमा ७ करोड १५ लाख १७ हजार ६०५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै यो भवन निर्माणले त्रिभुवन विमानस्थलको सुरक्षा थप मजबुत बनेको दाबी पनि गरेका छन् ।


भिडियो :

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved