पहिलोपटक मस्जिदलाई बजेट, मन्त्रीले भने, ‘नेपालका मस्जिद धार्मिक सद्भावका प्रतीक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 08:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मस्जिदहरु धार्मिक सहिष्णुता र सद्भावको नमुना भएको बताएका छन् । काठमाडौको घण्टाघरमा रहेको पञ्च काश्मिरी तकिया निरीक्षण गदै मन्त्री भट्टराईले राजधानीको सेन्टरमा नारायणहिटी दरवारको दुई सय मिटर नजिक रहेको मस्जिद नेपालको धार्मिक सहिष्णुता तथा सद्भावको नमूनाको रुपमा उभिएको बताएका हुन् । 

मन्त्री भट्टराईले अन्य देशमा धेरै धार्मिक युद्ध भएपनि नेपालमा भने व्यवस्था परिवर्तका राजनीतिक आन्दोलन मात्रै भएको तर, धार्मिक आन्दोलन नभएको बताए । नेपालको संस्कृति नै विश्वमा दुर्लभ रहेको भन्दै उनले एकले अर्काको धर्म संस्कृति मनाउने विश्वमा नेपाल एक छुट्टै पहिचान बोकेको देश भएको बताए । मन्त्री भट्टराईले जनसंख्या थोरै धेरै भएपनि सरकार सबैको भएको बताउदै संविधानमा नै नेपालमा प्रचलित रहेको धर्म संस्कृति संरक्षण सम्बद्धन गर्ने दायित्व राज्यको भएको भनेर लेखिएको बताएका छन् ।

मन्त्री भट्टराईले पहिलो पटक मस्जिदको लागि बजेट विनियोजन गरेको बताउदै ईतिहाससँग अनोन्यास्रित सम्बन्ध भएको पाँच सय बर्ष पुरानो पञ्च काश्मिरी तकिया संरक्षण सम्बद्धन गर्ने काम सरकारको भएको बताए । भारतको वावरी मस्जिद भन्दा पुरानो मस्जिद भएको उल्लेख गर्दै सरकार सबै धर्म समुदायको हो भन्ने अनुभूति दिलाउन पर्यटन मन्त्रालयले ४० लाख रकम विनियोजन गरेर काम शुरुवात गरेको जानकारी गराए । 

मदरसा शिक्षालाई औपचारिक शिक्षाको रुपमा मान्यता दिई सकिएको बताउँदै मन्त्री भट्टराईले मदरसामा शिक्षा लिने बालबच्चाहरुलाई अहिलेका आधुनिक प्रविधि मैत्री बनाउदै प्रतिश्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले काठमाडौका कुनै पनि स्थानमा सय बर्ष सम्म हुने गरी स्थायी खालको कपुरस्थान बनाउन जग्गा खोजी गर्न आग्रह गर्दै निर्माणको लागि सरकारले सहयोग गर्ने समेत बताए । 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासको लागि सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुशियाली छाएको बताउँदै सबै समुदायलाई समेटेर अगाडी बढेमा सरकारको समृद्ध नेपाल शुखी नेपालीको नारा साकार हुने बताए । 

पुरातत्व विभागमा महानिर्देशक दामोदर गौतमले १५ औँ शताब्दीमा निर्माण भएको सो मस्जिद नेपालको पुरानो मस्जिद भएको उल्लेख गदै राजा रत्न मल्लले ब्यापार प्रवद्र्धन गर्न भारतका काश्मिरी मुसलमान नेपाल भित्र्याएको र प्रताप मल्लको पालादेखि सो मस्जिद अस्तित्वमा आएको बताए । 

काश्मिरी मस्जिदका अध्यक्ष महमद फाजिलले देशी विदेशी कसैको पनि सहयोग हालसम्म नलिएको बताउँदै मल्लकाल पछि सरकारले दिएको सहयोग पहिलो पटक लिएको बताएका छन् । विनियोजित रकमले स्टीलको गेट हटाएर परम्परात गेट निर्माण गर्ने, रङ्ग रोगन गर्ने र २०६१ सालमा क्षतविक्षत भएबम संरचना निर्माण गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved