हप्तामा २ दिन बिदा सिफारिस, घुम्न निस्केलान् त १२ लाख मानिस ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 18, 2020 | 01:43:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हप्तामा २ दिन बिदा दिने एक वर्ष देखिको बहसलाई सरकारले औपचारिक रुपमा बहसको विषय बनाएको छ । कोरोना भाइरसका कारण पर्यटन क्षेत्र चपेटामा परेको भन्दै पर्यटन क्षेत्र उकास्न र सरकारी खर्च कटौती गर्न भन्दै हप्तामा २ दिन बिदा दिन सिफारिस गर्दै यो बहस औपचारिक रुपमा नै सार्वजनिक भएको हो । पर्यटन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी कर्मचारीहरुलाई हप्तामा २ दिन बिदा दिन सिफारिस गरेपछि कत्तिको सकारात्मक र कत्तिको असान्दर्भिक भन्ने कोणबाट टिप्पणी भइरहेका छन् ।

कतिपयले यसलाई कार्यान्वयन गरिहाल्नुपर्ने भन्दै खुलेरै समर्थन गरेका छन् भने अन्य कतिपयले भने विगतमा असफल भईसकेको अभ्यासलाई पुनः ब्यूताउँनू गलत भएको बताउने गरेका छन् । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले हप्तामा २ दिन बिदा दिने निर्णइ गरेको थियो । तर यो निर्णय भने काठमाडौँ उपत्यकाका सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएको थियो । शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तत्कालीन सरकारको उक्त निर्णय उपत्यकामा मात्रै लागू गरिएको भनेर आलोचना हुन थालेपछि अव्यहारिक ठहरिँदै कटौती गरिएको थियो ।

'हप्तामा १२ लाख मानिस घुम्न निस्किन्छन्’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययन अनुसार सरकारी र नीजि क्षेत्रमा रोजगारी गर्नेहरु ७० देखि ८० लाखको हाराहारीमा छन् । हप्तामा २ दिन बिदा दिँदा उनीहरुले छुट्टि पाउने मात्रै नभई बिदा पाएकामध्ये १० प्रतिशत कर्मचारी घुमफिरमा निस्किने मन्त्रालयको अध्ययनले दाबी गरेको छ । १० प्रतिशत मात्रै मानिसहरु घुम्न निस्किँदा परिवारका अन्य सदस्य पनि साथमै लैजाने हुनाले १२ देखि १३ मानिस घर बाहिर निस्कन सक्ने अध्ययनको दाबी छ ।

मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराई नेतृत्वको अध्ययन समितिले गरेको अध्ययनबाट यही निष्कर्ष निकाल्दै हप्तामा २ दिन बिदा सिफारिस गरेको हो । यसले आर्थिक गतिविधि बढ्ने र थला परेको पर्यटन क्षेत्र उकासिने समितिको दाबी छ ।

काम गर्ने समय यथावत

अहिले दैनिक ६ घण्टा करिब काम गरेर हप्ताको ४० घण्टा काम गर्ने अभ्यास छ । मन्त्रालय अन्तर्गतको समितिले हप्तामा २ दिन बिदा दिन सिफारिस गरेपनि काम गर्ने समय भने नघट्ने गरी व्यवस्थापान गर्नुपर्ने आवश्यकता औल्याएको छ । हप्ताको छ दिन लगातार काम गर्दा एक व्यक्तिले काम गर्ने भनेको ४० घण्टा समय हो । 

तर, हप्तामा २ दिन बिदा दिँदा काम गर्ने समय पनि घट्ने हो की भन्ने आशंका आईरहेका बेलासंसारका अन्य देशमा जस्तै नेपालमा पनि हप्ताको ५ कार्यदिनमा ४० घण्टा काम गर्नैपर्ने गरी बिदा दिने व्यवस्था मिलाउन आफूहरुले गरेको सिफारिसमा उल्लेख रहेको समितिका संयोजक भट्टराईको भनाई छ । काम कति घण्टा गर्ने र कति समय आराम गर्नुपर्ने भन्ने विश्वका विभिन्न देशेको अभ्यासकै आधार काम र आरामको सन्तुलन मिलाउने गरी नै प्रस्ताव गरिएको उनले बताए ।

के छ अन्तराष्ट्रिय अभ्यास ?

कोरोना भाइरसको महामारी अझै पनि कायम नै छ । तैपनि, केही देशहरुले भ्याक्सिन लगाउन सुरु गरिसकेका छन् । कोरोनासँगै थलिएको पर्यटन क्षेत्र उकास्न कुन देशले कस्तो रणनीति अपनाएका छन् भनेर नेपालले पनि हेरिरहेको छ ।

यसमा १२७ देशमा भएको अध्ययनमध्ये ८८ प्रतिशतभन्दा बढी देशले हप्ताको २ दिन बिदा दिँदै आएका छन् । सातामा ५ दिन मात्रै काम गर्ने गरिएपनि काम गर्ने समय भने ४० घण्टा नै यथावत छ । अध्ययन समितिले सार्क राष्ट्रहरुमा पनि नेपालबाहेक सबै देशमा हप्ताको २ दिन बिदा दिने चलन रहेको बताएको छ ।

हप्तामा दुई दिन बिदा दिन समितिले गरेको सिफारिस कार्यान्वयन भए हाल वर्षको ५२ दिन साप्ताहिक बिदा हुँदै आएकोमा बढेर १०४ दिन पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved