पर्यटन बोर्डले खोल्यो प्रादेशिक कार्यालय, कुन प्रदेशमा कसलाई खटाईयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 03:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन बोर्ड सबै प्रदेशमा पुगेको छ । काठमाडौँबाट सेवा प्रवाह गर्दै आएको बोर्डले सबै प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको स्थानमा कार्यालय सञ्चालनमा ल्याएको हो । 

बोर्डले ५ वटा प्रदेशमा आईतबार कर्मचारी पठाइसकेको जनाएको छ । यसअघि नै स्थापना भएको पोखरा र केन्द्रीय कार्यालय बाहेक ५ वटा प्रदेशमा आईतबार कर्मचारी पठाइएको बोर्डले जनाएको छ । 

प्रदेश कार्यालयमा प्रबन्धकसहित एक अधिकृतलाई खटाएको बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेले जानकारी दिए । उनका अनुसार पर्यटकको बढी चहलपहल हुने स्थानमा पर्यटक सूचना केन्द्रसहित प्रदेश कार्यालय रहेको स्थानमा बोर्डको कार्यालय सञ्चालनमा ल्याईएको हो । 

बोर्डले संघीय संरचना अनुसार सेवा दिने गरी प्रदेश नम्बर १ को विराटनगर कार्यालयको प्रबन्धकमा दिवाकर राणा र अधिकृतमा सुदन सुवेदीलाई पठाएको छ । प्रदेश–२ कार्यालय जनकपुरमा प्रबन्धक समीर बज्राचार्य र अधिकृत रविन रेग्मीलाई खटाएको छ । लुम्बिनी प्रदेशको बुटबलमा प्रबन्धक लिला बानियाँ र अधिकृत सन्तोष थापा खटिएका छन् ।कर्णाली प्रदेशमा प्रबन्धक खड्गविक्रम शाह खटिएका छन भने सुदूरपश्चिम प्रदेशमा रोहिणी खनाल प्रबन्धक र अधिकृत शिवराज पाण्डेलाई खटाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved