हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोहीबाट केटू हिमालको सफल आरोहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 10:08:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली आरोहीले हालसम्म हिउँदे सिजनमा आरोहण नभएको विश्वकै दोस्रो अग्लो हिमालको सफल आरोहण गरेका छन् । १० जना नेपाली आरोहीको समूहले पाकिस्तानमा रहेको केटू हिमालको शनिबार सफल आरोहण गरेका हुन् । 

हिउँदको मौसममा अहिलेसम्म कसैले चढ्न नसकेको केटू हिमाल चढेर सो टोलीले हिमाल आरोहणका क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको हो । ८ हजार मिटरभन्दा बढि उचाइ भएका संसारका १४ हिमालमध्ये १३ वटा हिमाल हिउँदको सिजनमा आरोहण भएपनि हालसम्म केटूको आरोहण भएको थिएन् । 

पहिलो पटक हिउँदे सिजनमा केटूको सफल आरोहण गरेर नेपाली समूहले इतिहास कायम गरेका छन् । उक्त आरोहण समूहमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा जी, सोना शेर्पा, मिङमा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा रहेका छन् । 

दश जना आरोही मध्येमा मिङमा जी शेर्पाले विना अक्सिजन आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट टे«कले जनाएको छ । 

सेभेन समिटका अनुसार नेपाली टोलीले शनिबार स्थानीय समय अनुसार अपरान्ह ५ बजे आरोहण गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved