पर्यटन बोर्डमा रिक्त ३ सदस्य चयनका लागि समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 02:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डमा रिक्त रहेका तीन जना सञ्चालक समिति चयन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले समिति गठन गरेको छ । बोर्डको नयाँ सदस्य चयनका लागि मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको मन्त्रालयको जनाएको छ । 

बोर्ड सञ्चालक समितिका सदस्य दिपक महत, कृणवहादुर महरा र अवदेशकुमार यादवको कार्यकाल सकिएपछि ३ सदस्य पद खाली छन् ।  मन्त्रालयले गठन गरेको समितिमा यसअघि बोर्ड सञ्चालन समितिका सदस्य रहेका राजेन्द्र सापकोटा र पूर्ण कुँबर रहेका छन् । 

समितिले प्रतिस्पर्धाका आधारमा सदस्य चयन गरेर पर्यटन मन्त्री भानुभक्त ढकाल समक्ष सिफारिस गर्नेछन् । समितिको सिफारिसका आधारमा मन्त्रीले बोर्ड सदस्य चयन गर्नेछन् । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा विशेष रुची भएकाहरुले बोर्ड सदस्यका लागि आबेदन दिन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved