सरकारले अग्ला हिमाल आरोहणको गतिविधि ट्रयाक गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 02:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हिमाल आरोहणका क्रममा आरोहीको गतिविधि ट्रयाक गर्ने भएको छ । पछिल्ला केही आरोहणमा सर्वोच्च शिखर सगरमाथा आरोहण नै नगरेका आरोहीले आरोहण प्रमाणपत्र माग गरेपछि सरकारले यसको नियन्त्रणका लािग जीपीएस मार्फत ट्रयाकिङ  गर्न लागेको हो । 

सरकारले नक्कली आरोहण रोक्न पहिलो पटक जीपीएस ट्रयाकिङबाट गतिविधि नियन्त्रण गर्न लागिएको हो । यसलाई पर्यटन विभागले पाइलट प्रोजेक्टको रुपमा राखेर आवश्यक उपकरण खरिदको तयारी थालेको छ । 

विभागले २० डिभाइस खरिदका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरिसकेको छ । यो कार्यान्वयनमा आएपछि आरोहणमा जाने आरोहीदलाई जीपीएस सिस्टमको डिभाइस दिइनेछ । जसबाट उनीहरु चुचुरोमा पुगे नपुगेको थाहा हुन्छ ।  

विभागका महानिर्देशक रुद्रसिंह तामाङ उक्त सिस्टमबाट आरोहण टोलीको वस्तुस्थिति सगैँ आरोहण भए नभएको जानकारी लिन सहज हुने बताउँछन् । ‘पछिल्लो समय फर्जी आरोहीको संख्या बढ्न थालेको छ । आरोहण नै नगरेकाहरुले समेत आरोहण गरेको दाबी गर्ने गरेका छन् । फर्जी आरोहण बन्द गर्न र हिमालमा हुने गलत अभ्यासलाई रोक्न जीपीएस ट्रयाकिङ गर्न लागेका हौँ’, उनले भने । उनका अनुसार हिमाल आरोहणका क्रममा हराउने आरोहीको उद्धार गर्न समेत उक्त सिस्टमबाट सहयोग हुने अपेक्षा गरिएको छ ।

विस २०७३ सालयता सगरमाथा आरोहण नै नगरेका ८ जना आरोहीले नक्कली प्रमाण पेश गरेर प्रमाणपत्र लिएका थिए । नक्कली प्रमाण पेश गर्ने दुई जना भारतीय आरोहीलाई सरकारले कारवाही स्वरुप दश वर्ष हिमाल आरोहणमा प्रतिबन्ध लगाउँदै आरोहणको प्रमाणपत्र रद्द गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved