पर्यटन बोर्डका रिक्त सदस्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2021 | 02:27:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डको रिक्त रहेको तीन जना सञ्चालक समितिका सदस्य नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उपसमितिले सिफारिस गरेका ५ जनामध्येबाट तीन जनालाइ बोर्डको सञ्चालकमा नियुक्त गरेका हुन् । 

मन्त्रीले बोर्डको सदस्यका रुपमा धादिङका चन्द्रप्रसाद रिजाल, ओखलढुंगाका ङावा निमा शेर्पा र इलामका कृष्ण शाहालाई सदस्यमा छनोट गरेका हुन् । तीन जना मध्येमा रिजाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टानका पूर्वअध्यक्ष हुन् । 

बोर्डको नयाँ सदस्य चयनका लागि मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीको संयोजकत्वमा माघ ६ गते तीन सदस्यीय उपसमिति गठन गरिएको थियो । उक्त उपसमितिले सदस्यका लागि आवेदन दिएका २२ जना मध्येमा ५ जनाको नाम मन्त्रीसमक्ष सिफारिस गरेका थिए । बोर्ड सञ्चालक समितिका सदस्य दिपक महत, कृणवहादुर महरा र अवदेशकुमार यादवको कार्यकाल सकिएपछि ३ सदस्य पद खाली रहेको थियो । नयाँ छनोट हुने सदस्यको कार्यकाल तीन वर्षको हुनेछ ।

उक्त उपसमितिमा बोर्डका पूर्वसदस्यहरू राजेन्द्र सापकोटा र पूर्ण कुँवर सदस्य रहेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved