नेपालमा गैरकानूनी रुपमा बस्ने डेढ सय विदेशीलाई कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 12:08:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटक भिसामा नेपाल प्रवेश गरेका करिब डेढ सय विदेशी नागरिकलाई निस्काशित गरिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनामा (गत साउन देखि माघ मसान्तसम्म) एक सय ३१ विदेशी नागरिकलाई निस्काशित गरिएको हो । 

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधीमा संलग्न भएका विदेशी नागरिकलाई निस्काशित गरिएको विभागका महानिर्देशक रमेश केसी बताउँछन् । उनका अनुसार कारवाही स्वरुप निस्काशित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैकिङ कसुर, लागू औषध लगायतका कसुरका धेरै रहेका छन् ।

‘नेपालमा जुन देशबाट धेरै विदेशी पर्यटक भित्रिन्छन सोही देशकै पर्यटक धेरै कारवाहीमा पर्छन । हालसम्मको तथ्यांक हेर्दा चिनियाँ नागरिक धेरै निस्काशित भएका छन् । निस्काशित हुने विदेशी नागरिकलाई कसुरका आधारमा एक वर्षदेखि १० वर्षसम्म नेपाल प्रवेशमा रोक लगाईएको छ’, उनले भने । 

विभागको तथ्यांक अनुसार सात महिनामा विभिन्न १४ शिर्षकमा ३३ हजार बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ । जसमध्येमा १३ हजार ७ सय बढीलाई पर्यटक भिसा र १० हजार बढीलाई भिसा थप गरिएको छ । 

यसैगरी एक हजार ६ सयलाई व्यवसायिक भिसा, ८ सयलाई वैवाहिक भिसा, करिब ७ सयलाई अध्ययन भिसा, एक हजार ६ सयलाई कामदार भिसा र ५ सय ३० जनालाई डिप्लोमेटिक भिसा जारी भएका छन् । विभागले सात महिनामा ३८ करोड ४ लाख ८३ हजार बढी राजस्व संकलन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved