बीबीसी मास्टर सेफका उपविजेता साहलाई पर्यटन बोर्डको सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 10:37:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई स्वागत तथा सम्मान गरेको छ । बोर्डमा आयोजित कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव एवम पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोईराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै सेफ साहले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र ती सम्भावनाहरुको उजागर गर्न सके नेपालमा समृद्धि ल्याउन धेरै समय कुर्नु नपर्ने बताएका छन् । उनले कुनै पनि काम आफैमा सानो ठूलो नहुने बताउँदै कामको सम्मान र सोही अनुरुपको वातावरण तयार हुनुपर्ने धारणा राखे । साहले आफुले मास्टर सेफमा गएर नेपाली खानामात्र नभई नेपाली भावना समेत पस्केको र यसले नेपाल हिमाल पहाड र तराइको एकता र सद्भावलाई प्रतिनिधित्व गरेको बताए ।

कार्यक्रममा पर्यटन सचिव कोईरालाले सेफ साहले प्रतियोगिताका माध्यममबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाई दिएको भन्दै बधाई र धन्यवाद दिए । 

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले नेपालमा प्रकृति, संस्कृतीका साथै पकवान पर्यटनको पनिसम्भावना रहेको बताए । सेफ साहले नेपाली खानाको महत्वलाई संसारभर पु¥याएर यसको महत्व र व्यवसायिक सम्भावनालाई थप उजागर गरिदिएको भन्दै सीईओ रेग्मीले धन्यवाद दिए । 

नेपाललमा एक सय भन्दा बढि जातजातीका खानाका परिकार रहकोले त्यसलाई प्रर्वद्धन गर्न सके पर्यटनको नयाँ प्रडक्ट बन्ने सीईओ रेग्मीको भनाई छ ।   

होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई अन्तरराष्ट्रियकरण गर्न सेफ साहको महत्वपूर्ण योगदान रहेको बताईन् । आफुहरु पनि नेपाली खानाको प्रर्वद्धनका लागि प्रयासरत रहको अध्यक्ष राणाको भनाई छ ।

पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले पर्यटन बोर्डले नेपालमा भएका करिब २ सय खानाहरुको छनोटबाट केही  खानाहरुलाई सिग्नेचर डिसका रुपमा अगाडि ल्याउने काम गरेको बताउँदै सन्तोष साहको कामले यस अभियानलाई थप बल पुग्ने बताए ।

बीबीसी मास्टरका उपविजेता बनेका साहलाई हान, तथा रेष्टेरेण्ट एण्ड बार एशोसिएसन रेवान लगायतका संस्एथाहरुले पनि सोही अवसरमा सम्मान गरेका थिए । 

साहले मास्टर सेफ प्रतियोगिताभर नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफल हँदै  सिजनको उपविजेत ाबनेका थिए । सेफ साहले कोदोको खीर, नेपाली गुन्द्रुक, साँधेको भट्टमासलगायतका नेपाली परिकार पस्केर निर्णायकको ध्यान आर्कषण गरेका थिए । 

सिरहामा जन्मिएका साह दश वर्षदेखि बेलायतमा बस्दै आएका छन् । उनले मौलिक नेवारी परिकार योमरीसहित प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना, बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु बनाएका थिए । बीबीसी मास्टर सेफमा सहभागि हुने साह पहिलो नेपाली सेफ समेत हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved