जनकपूर र अयोध्या जोड्न बुद्धले थाल्यो प्रक्रिया, धार्मिक पर्यटक बढ्ने अपेक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 01:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई प्रदायक बुद्ध एयरले जनकपूरबाट भारतको अयोध्यामा उडान गर्ने तयारी थालेको छ । अबको ७ देखि ८ महिनामा अयोध्यामा विमानस्थल बनिसक्ने भएकाले अहिलेदेखि नै बुद्धले प्रक्रिया थालेको हो ।

बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशीका अनुसार बुद्धले भारतीय उड्डयन प्राधिकरणलाई २ हप्ता अघि नै पत्र पठाएर जनकपूर–अयोध्या उडानमार्फत जोड्न चाहेको बताएको थियो । बुद्धले पठाएको पत्रमा भारतीय उड्डयन प्राधिकरणले लिखित जवाफ नपठाएपनि सकारात्मक सन्देश पठाएको उनको भनाई छ । 

यस विषयमा बुद्धले मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पनि जानकारी गराएको छ ।

बुद्ध एयरले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत पनि यसको पुष्टि गरेको छ । बुद्धले ट्वीटमा भनेको छ, ‘सीताराम सम्बन्ध त्रेतायुगदेखि नै चलि आएको छ । यस पौराणीक, धार्मिक सम्बन्धको साक्षी जनकपुरधाम (नेपाल) र अयोध्या (भारत) को महत्व अहिले पनि उत्तिकै रहेको छ । हामी यी दुईवटै शहरलाई जोड्न उत्कठ छौं ।’

जनकपुरधबाट अयोध्यामा निर्माणधीन विमानस्थल सम्मको उडान ५० मिनेटको हुनेछ । यसले हिन्दु धर्मका आस्थावा भारतीय नागरिकलाई नेपालको जनकपूरसम्म तान्न सहयोग पुग्ने र धार्मिक पर्यटक बढ्ने अपेक्षा लिईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved