सगरमाथा आरोहण गर्न बहराइनका राजकुमारको टोली काठमाडौँमा, कति दिन बस्छन् नेपाल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 06:18:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली काठमाडौँ आइपुगेको छ । राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत काठमाडौँ ओर्लिएको हो । 

टोलीमा बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र ३ जना बेलायती नागरिक छन् । बहराइनस्थित नेपाली दूतावासले सोमवार बिहान टोलीलाई भेटेर आरोहण सफलताको शुभकामना दिएर बिदाई गरेको थियो । 

यो टोलीले गत अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल आरोहण गरिसकेको छ । सगरमाथा आरोहणका लागि आएको टोली ८० दिन नेपाल बस्नेछ । 

आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोना खोप सहयोग गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved