विदेशी पर्यटक अब क्वारेन्टिनमा बस्न नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 12:46:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकले अब क्वारेन्टिनमा बस्न नपर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरकारले कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड खुकुलो बनाएसँगै अब नेपाल आउने विदेशीहरु क्वारेन्टिनमा बस्न नपर्ने भएको हो । 

पर्यटनमन्त्री भानभुक्त ढकालले मन्त्रिपरिषद्मा लगेको प्रस्ताव स्वीकृत भएसँगै अब नयाँ मापदण्ड अनुसार कोभिड विरुद्धको खोप लगाएका पर्यटकहरू नेपाल आउँदा उनीहरु क्वारेन्टिनमा नबसी सिँधै आफूले चाहेको गन्तव्यमा घुम्न सक्ने भएका छन् । 

कोभिड विरुद्दको खोप नलगाई आउने पर्यटकले भने यहाँ आएपछि आफ्नै खर्चमा पीसीआर विधिबा कोरोना परीक्षण गर्नुपर्नेछ । रिपोर्ट नआएसम्म उनीहरु होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । यदि रिपोर्ट पोजेटिभ आएको खण्डमा भने अर्को रिपोर्ट नआउन्जेल उनीहरु होटल क्वारेन्टिनमै बस्नुपर्नेछ । विदेशी पर्यटकका सहयोगी नेपालीको सम्बन्धित एजेन्सीले एक लाख रूपैयाँको कारोना बीमा गर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved