‘समुन्द्रको छालमा रमाउन विदेश होइन, झापा जाऔँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 11:06:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल समुन्द्रसँग नजोडिएको देश भएकाले धेरैलाई समुन्द्रको छालसँग रमाउने रहर हुन्छ । त्यही भएर वर्षेनी हजारौ नेपालीहरु विभिन्न देशमा घुम्न पुग्छन् । समुन्द्रको किनारमा बसेर छालको मज्जा लिन्छन् । 

तर, सबै नेपालीहरु विदेशमा गएर समुन्द्रसँग साक्षात्कार गर्न सक्ने अवस्थामा छैनन् । उनीहरुले पनि सामुन्द्रिक अनुभव प्राप्त गर्न सकुन् भनेर झापाको सुरुङ्गास्थित ‘ह्याप्पी ल्याण्ड फनपार्क’ भित्र ‘वेभ पुल’ बन्ने भएको छ ।

मुलुकमै पहिलो पटक सामुन्द्रिक अनुभव

झापाको बिर्तामोडबाट ७ किलोमिटर पश्चिमतर्फ सुरुङ्गामा फनपार्क छ । फनपार्कभित्र बन्ने वेभ पुलमार्फत सामुन्द्रिक छालको अनुभूति लिन सकिने बताईएको छ । 

‘पार्कभित्र ठूलो पानीको पोखरी हुन्छ, पोखरीले समुन्द्रले जस्तै पानीको छाल फ्याँक्नेछ’ पार्कको लगानीकर्ता साःख ग्रुपका सञ्चालक किरण साख भन्छन्, ‘अनि पोखरीको छेउमा बसेपछि समुन्द्रमा जस्तै पानीको छाल आउँछ, छालले हुत्याएको अनुभव गर्न सकिन्छ ।’

साखका अनुसार वेभ पुलमा एक पटकमा ५ सय जना मान्छे बस्न मिल्ने गरी वेव पुल निर्माण भईरहेको छ । अब सञ्चालनको अन्तिम तयारी भइरहेको उनको भनाई छ । 

हालसम्म ३४ करोड रुपैयाँ लगानी भइसकेको पार्कमा थप संरचना तयार पार्न १० करोड जति लाग्ने अनुमान गरिएको छ । 

फनपार्कका विशेषता के ?

नेपाली र छिमेकी देश भारतका पर्यटकलाई लक्षित गरेर बनाईएको अत्याधुनिक फनपार्क ५ विघा क्षेत्रफलमा फैलिएको छ । पार्कमा ४० फिटको टावरबाट २० फिटमा ल्यान्ड हुने गरी जीपलाइन पनि राखिएको छ । यो जीपलाइन सञ्चालनमा आईसकेको छ । फनपार्कभित्र माछा पोखरी, इंग्ल्यान्डको जस्तै टावर, झरना, कोलम्बस, पिङ जस्ता मनोरञ्जनात्मक संरचनाहरु बनाईएका छन् । 

सबै मनोरञ्जनात्मक संरचनाहरु विशेष नै रहेपनि मुख्य चाहिँ वेभ पुल नै भएको सञ्चालकहरु नै बताउँछन् । स्थानीयले ‘समुन्द्रको छालमा रमाउन विदेश होइन, झापा जाऔँ’ भन्ने नारासमेत बनाईसकेका छन् । 

पार्कभित्रै तारे स्तरको रिसोर्ट पनि चाँडै सञ्चालनमा आउने साःख समूहले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved