जीपलाइनः साहसिक पर्यटनमा क्रान्तिको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2021 | 04:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

जीपलाइन खेल्दै प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराज

जीपलाइन साहसिक खेल हो । नेपालमा पोखरामा पहिलो जीपलाइन सञ्चालनमा रहेको भनिएपनि धुलिखेल जीपलाइन पश्चात भने यो खेलको व्यवसायिकता बढ्यो । धुलिखेल नगरपालिका ८ र पाँचखाल नगरपालिका ५ को सिमानामा पर्ने खावामा वल्र्डवाइड एड्भेञ्चरले सुपर म्यान, कपल, सिङुगल जस्ता फिचर सहितको जीपलाइन सुरु गरेपछि अहिले यसको मोह देशव्यापी बनेको छ ।

वल्र्डवाइड एड्भेञ्चरका सञ्चालक केदार थापाका अनुसार यस प्रकारको साहसिक खेलले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमीका खेल्ने छ । शहरको कोलाहलभन्दा केही नजिक ‘रिफ्रेस’ हुने ठाउँ भए मानिसहरु बिदाको दिन घुम्न निस्कने भएकाले जीपलाइनको परिकल्पना गरिएको र यसले तीव्र गतिमा व्यवसायीकता हासिल गर्दै आएकाले आफूलाई खुशी लागेको उनको भनाई छ ।

आन्तरिक पर्यटनमा कोशेढुंगा

कोरोना भाइरसका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न पनि जीपलाइनले भूमीका खेल्ने सञ्चालकहरु बताउँछन् । कोभिडपछि भर्खरै सुरु हुन थालेको पर्यटकीय गतिविधिलाई बढाउन प्रदेश २ का प्रदेश प्रमुख राजेश अहिराजले नुवाकोटमा पुगेर जिपलाइन खेलेका छन् । 

अहिराजले नुवाकोट दरबार नजिकैको जिपलाइन स्टेशनमा पुगेर शनिबार अपरान्ह जिप लाइन खेलेका हुन् । मनाङ, पोखरा, गोरखा हुँदै नुवाकोट पुगेका अहिराजले दरबार एडभेन्चर जिपलाइन रिसोर्टले संचालन गरेको १३ सय मिटर लामो नुवाकोटको जिपलाइन खेलेका हुन् । सामाजिक सञ्जालमा उनको प्रशंसा चुलिएको छ । 

नेशनल न्युज एजेन्सी नेपालका सिनियर अंग्रेजी रिपोर्टर विराट अनुपमले ट्वीटरमा लेखेका छन्, ‘प्रदेश २ प्रमुख राजेश अहिराजले नुवाकोटको जीपलाइन हान्नु भयो । अब भेडेटार र धरानको हान्न नि बोलाउनुपर्छ । दैनिक कामको लोड कम हुने अहिराज जस्ता सेरेमोनियल प्रमुखहरुले यसरी हल्का सक्रिय हुँदा मात्रै पनि पर्यटन प्रवद्र्धन हुन्छ । मलाई अहिराजको लाइन मनपर्यो ।’

अन्य प्रदेशका प्रदेश प्रमुखहरु को हुन्, कहाँ छन् र के गर्दैछन् भन्ने समेत थाहा नभईरहेको अवस्थामा अहिराज भने जनताको घरदैलौमै छन् । 

कहाँ कहाँ छन् जीपलाइन ?

नेपालकै सबैभन्दा चर्चित जीपलाइन भने पोखराकै हो । हाइ ग्राउन्ड एडभेन्चरले संचालन गरेको विश्वकै भिरालो १८ सय मिटर लामो यो जीपलाइन खेल नेपालकै लोकप्रीय मानिन्छ ।

बागमती प्रदेशको धुलिखेलको जीपलाइन उपत्यकासहित आसपासको प्रमुख रोजाइमा पर्छ । प्रदेश नम्बर १ का धरान, भेडेटार, इटहरी र झापामा पनि जीपलाइन खेल सुरु भएका छन् । 

पर्यटन क्षेत्रका जानकारहरु देशका अग्ला एक डाँडाबाट अर्को डाँडासम्म चराजस्तै उडेर पुगेको अनुभूति हुने यो खेलले नेपालको साहसिक पर्यटनमा क्रान्ति नै ल्याउने दाबी गर्छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved