मन्त्रीका अगाडी व्यवसायीका बिलौना, ‘पर्यटन क्षेत्र डुब्यो, बजेटमार्फत उकास्नुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 09:39:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा नेपाल पर्यटन बोर्डले सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । ‘आजको पर्यटन चुनौती र अवसर’ विषयक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए ।

पहिले जस्तो अवस्था नभएपनि कोभिडले पर्यटन क्षेत्रलाई बढि प्रभावित गरेकोले यसको पुनरुत्थनाका लागि आफुल प्रधानमन्त्रीसँग छलफल गरेको उनको भनाई छ । 

‘अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ । तर कोभिडको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सर्तकताकासाथ अघि बढ्नु पर्ने अवस्था छ’ उनले भने ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताएका छन् । उनले यो समयमा पूर्वाधार विकाससँगै मानव शंसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्नु भयो । 

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालले अहिलेको परिस्थती पहिलेभन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अघि बढाउनुपर्ने अवस्था रहेको बताएका छन् । उनले आउने बजेटमा पर्यटन पुर्नरुत्थान र प्रर्वद्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताए । 

पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यकता रहेको बताएका छन् । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तारदेखि पर्यटन मैत्री नीति आवश्यक भएको बताए । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै  योजना अघि सारेको जानकारी दिँदै उनले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आर्कषित गर्नुपर्ने बताए ।

बोर्डका सञ्चालक समिति सदस्य कल्पना धमलाले कोभिडको कारण सिर्जित समस्याको कारण बोर्डमा बजेट अभाव रहेकोले आउने वर्षका लागि सरकारले बोर्डलाई अनुदान वा ऋण सहयोग गर्न आग्रह गरिन् । बोर्डका निर्वतमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत हुने कतिपय अन्य बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनुपर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताए । 

कार्यक्रममा पर्यटन होटल संघ नेपाल हानका अध्यक्ष सिर्जना राणा, नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुल बहादुर गुरुङ, प्यासिफिक ट्राभल एशोसिएसन पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे, बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पर्यटक यातायात व्यवसायी महासंघका अध्यक्ष रामहरी शर्मा, टानका महासचिव सरिता लामा लगायतले सरकारले समस्यामा परेका व्यवसायीलाई राहत दिने गरी नयाँ बजेटमा व्यवस्था हुनुपर्ने, कोभिडको कारण बन्द रहेको समयका करहरु मिनाहा हुनुपर्ने माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved