हिमालय एअरलाइन्सले भन्यो 'साउदीको लागि बढी भाडा लिएका छैनौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 10:33:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साउदीका लागि अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त रकम लिएको भन्ने सन्दर्भमा हिमालयन एअरलाइन्सले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

एअरलाइन्सले विज्ञप्ति जारी गर्दै नेपालबाट साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि गरिएको उडानका सिलसिलामा अत्यधिक भाडा तथा केही एजेन्सीहरुले अत्यधिक अतिरिक्त रकम लिएको भन्ने सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण, तथा हिमालय एअरलाइन्सलाई समेत उल्लेख गरी असत्य, भ्रामक तथा कपोलकल्पित समाचार केही अनलाइन लगायतका मिडियामा प्रकाशन भएकोमा एअरलाइन्सको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

‘भारतीय राजदूतावासको अनुरोधमा नेपाल सरकारद्वारा निर्णय भै साउदी अरेबिया जानुपर्ने भारतीय यात्रीहरुको लागि नेपाल एअरलाइन्सले जम्मा ७ वटा तथा हिमालय एअरलाइन्स्ले जम्मा ३ वटा उडान गर्ने निर्णय भएको थियो । त्यस पश्चात एअरलाइन्स उद्योगको विश्वव्यापी टिकट वितरण प्रणाली (ग्लोबल डिस्ट्रि«व्यूशन सिस्टम) मार्फत यात्रीहरुलाई अत्यन्त सहज होस र एजेन्सी सेवामा समेत प्रतिस्पर्धा होस भनी अन्तर्राष्ट्यि हवाई उद्योग संघ (आएटा) मा दर्ता भएका कुनै पनि स्थानीय ट्राभल एजेन्सीले टिकट विक्री गर्न सकिने तथा यात्रीहरुले आफुलाई अनुकुल हुने ट्राभल एजेन्सी संग टिकट किन्न सकिने बन्दोबस्त गरिएको व्यहोरा पुनः सार्वजनिक गर्न चाहन्छौ ।’ एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान महामारीमा एकै स्थानमा टिकट बिक्री गर्दा कोभिड सर्ने अत्यन्त जोखिम हुने हुन्दा पनि सो प्रणाली मार्फत टिकट विक्री गर्नु अनिवार्य रहेको एअरलाइन्सले जनाएको छ ।

‘सबै एजेन्सीको पहुंचमा भएको विश्वव्यापी टिकट वितरण प्रणाली मार्फत सबै टिकट बिक्री भएको तथा भाडादरहरु सबै पनि उक्त प्रणालीको माध्यमबाट सबै एजेन्सीको पहुंचमा भएको जानकारी गराउन चाहन्छौ । यस प्रणाली सम्पूर्ण रुपमा ट्रान्सपेरेन्ट तथा एजेन्सीहरुको माझमा प्रतिस्पर्धात्मक छ, जसबाट यात्रीले सेवाको गुणस्तर तथा सेवा शुल्कको सवालमा लाभ प्राप्त गर्न सक्दछ । उक्त उडानहरुले एकतर्फी यात्री बोक्न पर्ने अर्थात फर्किन्दा विमान खाली ल्याउनुपर्ने भएकोले ती उडानमा नियमित उडान भन्दा अनुपातिय हिसाबले बढी भाडा लाग्नु स्वाभाविक रहन्छ । सामान्यतया एजेन्सीहरुले अत्यधिक शुल्क लिन्दैन भन्ने यस एअरलाइन्सको विश्वास रहेको छ, तथापी कुनै एजेन्सीले कुनै यात्रीसंग अवान्छनीय ढंगले अत्यधिक शुल्क लिएको प्रमाण पेश हुन आएमा यस एअरलाइन्सले आवश्यक कार्वाहीको लागि सम्बन्धीत नियमक निकायमा सिफारिश गर्नेछ ।’ विज्ञप्तिमा बताईएको छ ।

कुनै पनि विषयमा समाचार प्रकाशन गर्दा सम्बन्धीत निकायबाट सत्यतथ्य लिई बुझी समाचार प्रकाशन गरेमा त्यस्ता समाचार जनता, उद्योग, तथा सरकारका लागि लाभदायी हुने तथा सूचना उद्योगको वर्तमान तथा भविष्यको विकासको लागि समेत सहयोगी हुने भएकोले सम्बन्धीत पक्षलाई यसमा ध्यान दिन समेत एअरलाइन्सले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved