बुबासँगै सगरमाथाको चुचुरोमा पुगे १७ वर्षीय सोनाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 11:50:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोही पूर्णकुमार (पीके) शेर्पाका १७ वर्षीय छोराले सगरमाथाको सफल आरोहण गरेका छन् । पीकेका १७ वर्षीया छोरा सोनाम आइतबार बिहान ८ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । 

ताप्लेजुङ मैवाखोला गाउँपालिका ४ साँघुका उनले सगरमाथाको सफल आरोहण गरेको आरोहणका लागि उनलाई पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्धक इश्वरी पौडेलले बताए । 

सोनाम तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए । उनका पीता पिके भने अनुमतिपत्र लिएर वैशाख २४ गते गएका हुन् । गत महिना मात्रै ताप्लेजुङबाट नागरिकता बनाएका सोनाम सबैभन्दा कान्छा आरोही हुन सक्ने अनुमान गरिएको छ ।

शर्मा बाबु छोरा विश्वभरको समस्याको रुपमा रहेको ‘ग्लोबल वार्मिङ’ समस्या समाधानका लागि विश्व समुदायलाई आह्वान गर्दै ‘प्रकृति बचाऊ’ भन्ने अभियान्ता पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved