टानद्वारा पर्यटन मजदूरलाई राहत वितरण सुरु, ५ सय जनालाई पुर्याउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2021 | 12:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले कोरोना प्रभावित पर्यटन मजदूरहरुलाइ सहयोग गरेको छ । ‘टान फुड बैंक’ उपसमितिले चामल, दाल, चिनी, खाने तेल, सोयाबिन र हातधुने साबुन वितरण गरेको हो । 

टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रितालको अध्यक्षतामा आयोजित कार्यक्रममा टानका पूर्व अध्यक्ष तथा नेपाल पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र रिजालले टानले यस विषम परिस्थितिमा आफ्ना सदस्य रहेका व्यवसायी र उनीहरुसँग जोसडएका श्रमिकहरुको दैनिकी चलाउन गरेको सहयोगको प्रशंसा गरे । उनले नेपाल पर्यटन बोर्डबाट श्रमिक राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको पनि जानकारी दिएका छन् । 

टानका प्रथम उपाध्यक्ष तथा फुड बैकका उपसमिति  संयोजक कार्कीले कोभिड माहामारीबाट प्रभावित टानका सदस्य कम्पनीहरुका श्रमिकहरुको लागि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरिएको बताए । 

पर्यटन बोर्डका उपाध्यक्ष रिजाल र टानका बरिष्ठ उपाध्यक्ष त्रितालले पर्यटन श्रमिक फुर्वा शेर्पालाई १ बोरा चामल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, सोयाबिन र २ वटा हातधुने साबुन हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममार्फत पहिलो चरणमा ५ सय जना अति प्रभावित श्रमिकहरुलाई राहत बितरण गरिने लक्ष्य लिईएको छ । पहिलो चरणको पहिलो दिन आज १ सय जना श्रमिकहरुलाई राहत वितरण गरिएको टानले जनाएको छ । 

टान आयोजक भएको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सेभेन समिट ट्रेक्स  प्रा.लि., शेर्पा स्पोर्ट फाउन्डेसन, एसिएन हेरिटेज ट्रेक्स एन्ड इस्पिडिसन प्रा.लि. को मुख्य प्रयोजन तथा विभिन्न दातामार्फत सकलन भएको रकम नै फुड बैंकको मुख्य स्रोत हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved