पर्यटन बोर्ड र टानबीच दिगो पर्यटन पुनःउत्थान सम्बन्धि सम्झौंता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 01:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान सम्बन्धि सम्झौंता भएको छ । पर्यटन टानबीच भएको यो सम्झौताले जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान हुने विश्वास लिईएको छ ।

सम्झौता पत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् । 

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोर्डका सीईओ डा. रेग्मीले बोर्डले जानेर गल्ती नगर्ने बताउँदै काम गर्दै जाँदा कहिकतै कमजोरी भए सुझाव दिन आग्रह गरे । 

टानका अध्यक्ष सुवेदीले पर्यटनको विकासका लागि पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमिकहरूको सहकार्य र सहयोगमा टानले काम गरिरहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved