चन्द्रागिरिमा अब जीपलाइन पनि, भोलीबाट सञ्चालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2021 | 06:28:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरिमा अब जीपलाइन पनि सञ्चालनमा आउने भएको छ । भदौ १९ गते शनिबारदेखि जीपलाइन सञ्चालनमा आउने चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । कम्पनकिा महाप्रबन्धक अभिषेक बिक्रम शाहका अनुसार भालेश्वर महादेवको मन्दि भएको छेवैबाट खेल मैदानसम्म १ सय मिटर लम्बाईको जीपलाइन सञ्चालनमा ल्याउन आउने भएको हो ।

करिब ५ महिनादेखि बन्द रहेको चन्द्रागिरि सरकारले निशेषधाज्ञा पूर्णरूपमा हटाएसँगै खुला गरिएको हो । अब चन्द्रागिरि केवलकार पनि पूर्णरूपमा सञ्चालन आउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved