काठमाडौँका सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँः मेयर शाक्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2021 | 02:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय शहरको पहिचान दिने भियानमा लागेको बबताएका छन् । 

आज उनैकै गृह वडा २१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

‘काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडामा सम्पदा निर्माण पुर्ननिर्माणलाई प्राथमिकता दिएको छ’ शाक्यले भने, ‘भएका सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने र पर्यटनसँग जोड्न मात्रै होइन नयाँ सम्पदा निर्माण अभियानलाई पनि महानगरपालिकाले अघि बढाएको छ ।’ 

उनले काठमाडौँ महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचनालाई जीवन्त राख्न महानगर लागिपरेको पनि बताए ।

‘काठमाडौँ मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने वित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौँ काठमाडौँबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन्, त्यसको अन्त्य गर्नुपर्नेछ ।’ 

उनले काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए ।

‘यहाँ घुम्न आउने स्वदेशी–विदेशी पर्यटनको बसाई लम्बिन सकोस र यहाँको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्न सकोस भन्ने हेतूले हामी सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा अघि बढेका छौँ,’ उनले थपे, ‘यहाँका स्थानीयसँगै व्यवसायीहरुको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न चाहेका छौँ ।’ 

प्रमुख शाक्यले केही दिन अघि सवल बहालमा रहेको २१४ वर्ष पुरानो नासः मन्दिरको पनि उद्घाटन गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved