विदेशीलाई अनअराइलल भिसा खुल्यो, क्वारेन्टिन पनि बस्न नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 02:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशीहरुका लागि अनअराइलल भिसा खुलेको छ । कोरोनाका कारण रोक लगाईएको अनअराइलल भिसा खुला गरिएको हो ।

संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले कोरोनाको खोप लगाएका विदेशीहरुलाई अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) दिईनेछ । 

‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै मन्त्रालयले पहिलो लकडाउनकै बेलादेखि रोक लगाएको अनअराइभल भिसा खोलेको हो । 

कोभिड–१९ विरुद्धको खोप लगाएको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको र होटल बुक गरेका विदेशी नेपाल आउन पाउने छन् । 

यसैबीच अब विदेशबाट आएका पर्यटक क्वारिन्टनमा बस्नु नपर्ने भएको छ । यसअघि १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नैपर्ने नियम थियो । पर्यटन व्यवसायीहरुले यो नियम पुनरावलोकन गर्न माग गर्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved