दशैँमा सौराहा घुम्न जाने हो ? यस्ता छन् होटेलले ल्याएका आकर्षक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 08:41:36 AM मा प्रकाशित

laxmi  sunrise bank
सौराहाका व्यवसयाीहरुले नेपाली पर्यटक लक्षित छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका छन् । कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटकहरु लक्षित गर्दै छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका हुन् ।

सौराहामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्दै छुट नै छुट गर्ने अभियान सुरु भएको क्षेत्रिय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए । उनका अनुसार यहाँका व्यवसायीहरुले १० देखि २५ प्रतिशतसम्म छुट यसअघिदेखि दिई राखेको बताउदै विभिन्न अफरहरु आ आफ्नै तरिकले जारी छ ।

“पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ। हामी त्यसैका लागि सौराहा घुम्न प्रर्वद्धन गर्दै सहुलियत दिन लागेका हौँ" होटल जंगल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरीले भने । होटल जंगल क्राउनले फेष्टिभ, हनिमुन र एनिर्भसरी छुट प्याकेज सार्वजनिक गरेको उनले बताए । क्राउनले छठ पर्वसम्म एक रात, दुई दिनका लागि परिवारका लागि छुट अफर ल्याएको छ ।

एक परिवार सहित १० वर्ष मुनिका २ बालबालिकालाई ७ हजार ५ सय रुपैयाँ तिरेर खाना र बास दिने जनाएको छ । परिवार सहित सौराहा घुम्न प्रर्वद्धन गर्न सहुलियत दिन लागेको कार्यकारी प्रमुख सन्तोष गिरीले बताए । खाना र बेभरेजमा १५ प्रतिशत छुट दिने समेत जनाएको छ ।

२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन केही महिना चहलपहल भए पनि फेरि दोश्रो लहरका कारण पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआत देखि ठप्प थियो। अहिले फेरि यहाँ ६ महिनापछि लकडाउन हटेसगैँ व्यवसयाीहरुले अफर नै अफर जारी राखेका हुन् ।

३ रात बास बस्नेलाई एक दिन पूर्ण छुट दिने गिरीले बताए । फेष्टिभ अफर स्वदेशी पर्यटकलाई आकर्षण गर्न ल्याइएको हो । एउटा परिवारले ७ हजार ५ सय तिरेपछि खाना र खाजा सहित एउटा डिलक्स रुम पाउनेछन् ।

हनिमुन तथा एनिर्भसरी मनाउन चाहनेलाई ९ हजार रुपैयाँमा सुपर डिलक्स रुम रहेका भिल्ला उपलब्ध गराइने छ । खाजा, खाना सहित भोलिपल्ट दिउसो ३ बजेसम्म भिल्लामा बस्न पाउने छन् । कोठा सजावट, केक, वाइन लगायतका सुविधा पनि पाउनेछन् ।

यस्तै होटल जंगल भिष्टा सौराहाले पनि प्रति व्यक्रि ५५ सय रुपैयाँको दुईरातसहितको दशै तिहार अफर ल्याएको छ । होटल जंगल भिष्टाका प्रबन्ध निर्देश रमेश सिल्लावका अनुसार जैविक विविधताले भरिपूर्ण, पर्यटकीय हब सौराहामा मनको चिन्ता हटाउदै आनन्द पूर्ण वातावरण दिन समेत छुट अफरले थप मद्दत पुग्नेछ ।

यस्तै जङ्गल सफारी लजका सञ्चालक समुन घिमिरेले दशैँ–तिहार लक्षित गर्दै ‘पे नाउ, गो लेटर’ प्याकेजसगैँ दुई रात तीन दिनको सो प्याकेजम घोषण गरेका थिए । दुई रात प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने घिमिरेले बताए ।

यस्तै, होटल एशोसिएशन नेपालका केन्द्रिय सदस्य समेत रहेका रेन फरेष्टका सञ्चालक ज्ञानेन्द्रकुमार विष्टले पनि छुट प्याकेज घोषणा गरेका छन् ।

‘हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ,’ उनले भने ‘प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रुपैयाँ पर्दछ ।’ जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्टसँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्नेछ ।

 अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित छिटै नयाँ कार्यक्रमहरु ल्याउने रेवान सौराहा अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । उनले यहाँ व्यवसयाीहरुले पर्यटकीय गन्तव्यसँगै सांस्कृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत विशेष प्रथामिकता राखेका छन् । सौराहा आउने पर्यटकहरु जंगल, हात्ती र जीप सफारीसगैँ पैदल यात्रा, डुङ्गा विहार, टावर नाईटमा रमाउन मन पराउछन् भने, सौराहा संग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना र होमस्टे समेत यहाँको मुख्य आर्कषण पर्दछ । यस्तै यहाँ आउने पर्यटकहरु एकसिंगे गैडा, बाघ, हात्ति लगायतका अन्य जंगली जनावर हरेर लोभिने गर्दछन् ।

सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved