बेलायतको रेड लिस्टबाट नेपाल हट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 08:46:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको छ । बेलायत सरकारले सोमबारबाट लागू हुनेगरी नेपाललाई रेड लिस्टबाट हटाएको हो । 

कोरोना संक्रमण दर धेरै भएको र यसलाई नियन्त्रणमा लिन भन्दै बेलायतले नेपालसहित ५४ देशलाई रेड लिस्टमा राखेको थियो । तर बिहीबार नेपालसहित ४७ वटा देश यस्तो सूचीबाट हटेका छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्वीटरमार्फत नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी दिएकी छन् । पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित ७ देश बेलायतको रेड लिस्टमै छन् ।

रेड लिस्टबाट हटेसँगै अब बेलायत जाने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved