मन्त्री आलेले भारतलाई सहमत गराएपछि नेपाली जहाज मुम्बई र बैंग्लोर उड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 09:54:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र भारतीय नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य एम सिन्धियाबीच भेटवार्ता भएको छ ।

नयाँ दल्लीस्थित राजिव गान्धी भवन सफदरगंज भवनमा भएको भेटवार्तामा भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले नेपाली जहाजलाई भारतीय थप बिमानस्थलहरुमा उडान भर्न दिन भारत सरकार सकारात्मक रहेको बताएका छन् ।

पर्यटनमन्त्री आलेले नेपाली ध्वजाबाहक जहाजलाई मुम्बई र बैंग्लोरमा उडान भर्न दिन आग्रह गरेका थिए । जवाफमा भारतीय नागरिक उड्डयनमन्त्री सिन्धियाले मन्त्री आलेको प्रस्ताव स्वीकार गरेका हुन् । 

पर्यटन मन्त्री आलेले काठमाडौँ–दिल्ली–काठमाडौँ उडान संख्या पनि थप गर्नुपर्ने बताएका थिए । यो विषय भारतीय नागरिक उड्डयन मन्त्री सिन्धियाले पुरा गर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी सुरु हुनु अघि नेपालबाट नेपाली ध्वजाबाहक जहाजले मुम्बई र बैंग्लोरमा हप्तामा ४ दिन उडान गर्दै आएका थिए । तर, कोरोनापछि बन्द रहेको काठमाडौँ–मुम्बई र काठमाडौँ–बैंग्लोर सिधा हवाई सेवा रोकिएको थियो । २ देशका सम्बन्धित मन्त्रीबीच भएको भेटमा यो विषय प्राथमिकताका साथ उठेपछि अब उडान हुने संकेत देखिएको छ ।

कोभिडका कारण नेपाल र भारतका नागरिकलाई मात्रै सिमित उडान अनुमति दिईएको ‘एयर बबल’ अबधारणामा आधारित उडानलाई हटाएर दुबै देशको मागका आधारमा उडान खुला गर्न समकक्षी मन्त्री सिन्धिया सहमत भएको मन्त्री आलेले बताए । 

नेपाल र भारतबीच एक वर्ष यता एयर बबल अवधारणामा काठमाडौँ र दिल्लीमा मात्रै उडान हुँदै आएको छ । हाल दुबै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एक–एक वटा उडान गर्दै आएका छन् ।

दिल्ली भ्रमणमा मन्त्री आलेले भारतीय पर्यटन राज्यमन्त्री अजय भट्टसँग पनि भेट गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved