एयरपोर्टबाट ट्याक्सी हटाउने मन्त्री आलेको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2021 | 02:19:13 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काठमाडौँ विमानस्थलमा ट्याक्सीले महँगो भाडा लिएको भन्दै हटाउने चेतावनी दिएका छन् । उनले सिँधै ट्याक्सी हटाउने भन्ने शब्द प्रयोग नगरी अब आन्तरिक र अन्तराष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको उद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गरिने बताएका हुन् । यात्रुहरुले प्लेनको भन्दा ट्याक्सीको भाडा महँगो भएको गुनासो गरेको भन्दै अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क रुपमा सञ्चालन गरिने बताएका हुन् ।

मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घर पनि चाँडै बन्ने बताए । आफूले यसका लागि निर्देशन दिईसकेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved