नोभेम्बरमा हवाई मार्गबाट २६ हजार पर्यटक नेपाल आए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 03:05:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नोभेम्बरमा हवाई मार्गबाट २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्षको नोभेम्बरमा पालमा हवाई मार्गबाट १ हजार ९५६ जना विदेशी आएका थिए ।

कोरोना महामारीको जोखिम कम भएको र क्वारेण्टीन तथा भिसा प्रक्रिया सहज भएकाले यो वर्ष पर्यटकको सङ्ख्या बढेको पर्यटन बोर्डको भनाई छ । 

कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को नोभेम्बर महिनामा हवाई मार्गबाट १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका पर्यटक विभागको तथ्याङ्क छ । 

यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा १ लाख २६ हजार २८३ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved