द क्लिफमा अब घोडा पनि चड्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 09:11:06 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा अब घोडा चड्न पाइने भएको छ । घोडा चड्न प्रतिव्यक्ति २५० रूपैयाँ शुल्क लाग्नेछ । 

पर्वतको कुश्मामा सञ्चालित द क्लिफले गुलेली पिङ, पारिवारिक पिङ, जर्ब बल, हाइ रोप स्टेसन, स्काइ चियर सञ्चालनमा ल्याएको छ । नयाँ प्रडक्टका रुपमा घोडचढी पनि सुरु गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए ।

बिश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved