पर्यटन बोर्डका सीईओले अवैध सुन भित्र्याएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 09:08:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले विदेशबाट अवैध रुपमा सुन भित्र्याउन खोज्दा भन्सारको ‘फन्दा’मा परेको रेकर्ड बाहिरिएको छ । 

केही समय अघि बेलायतबाट फर्किदा तोकिएको भन्दा बढी रक्सी लिएर आएपछि विमानस्थलमा खटिएका भन्सारका कर्मचारीले रोक्दा कर्मचारीमाथि नै हातपात गरेका सीईओ रेग्मीले यसअघि नियम विपरित विदेशबाट सुन भित्र्याउन खोज्दा जफत भएर जरिवाना तिरेको खुलेको हो । 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले डा. रेग्मीले चोरी पैठारीमार्फत ल्याएको ३० ग्राम सुन जफत गरेर जरिवाना तिराईएको जनाएको छ । भन्सारले पर्यटन मन्त्रालयलाई पठाएको विवरणमा २०७४ पुस ९ गते डा. रेग्मीले विस्कुट आकारका ३ थान सुनका डल्ला लिएर आएको ती सुन जफत गरिएको र बिगो बमोजिम १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गरिएको जनाएको छ । 

रेग्मीमाथि छानविन भइरहेका बेला मन्त्रालयले भन्सारसँग विवरण माग्दा भन्सारले रेग्मीले कतार एयरको उडानबाट नेपाल आउँदा अवैध सुन ल्याएको र 

उनीमाथि कारवाही गरिएको पत्र पठाएको हो । तर, यस विषयको मुद्दाको मुद्दाको किनारा भने २०७७ भदौमै लागिसकेको छ ।

भन्सारले मन्त्रालयलाई पठाएको पत्रः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved