आलेले आइशोलेसनबाटै दिए क्यासिनोलाई अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 01:14:02 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोरोना संक्रमित भएर आईशोलेसनमा बसेकै समयमा पनि क्यासिनोलाई सञ्चालनको अनुमति दिएको पाईएको छ । कोरोना संक्रमित भएर होम आइशोलेसनमै बसेकै बेला मन्त्री आलेले क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति दिएको फाइल पर्यटन विभागमा पुगेपछि यो विषय खुलेको हो । 

माघ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइशोलेसनमा बसेका मन्त्री आलेले माघ ५ गते चिनियाँ लगानीको वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रा.लि.लाई पूर्वस्वीकृति दिएका हुन् । काठमाडौँको पाँच तारे होटल अलफ्टमा सञ्चालन हुने गरी आलेले क्यासिनोलाई पूर्वस्वीकृति दिएको पाईएको हो । 

यसअघिः
गुण्डा नाईके ‘बले’लाई मन्त्री आलेले दिए ‘क्यासिनो’को लाइसेन्स, मोटो रकम चलखेलको आशंका

‘अलफ्टमा क्यासिनो चलाउन चिनियाँ लगानीको क्सासिनाले मन्त्री स्तरीय निर्णयबाट पूर्वस्वीकृति पाएको फाइल हामीकहाँ आइपुगेको छ’ पर्यटन विभाग स्रोत भन्छ, ‘यो क्यासिनोलाई पूर्वस्वीकृति दिने मन्त्री स्तरीय निर्णय माघ ५ गते भएको छ, मन्त्रीज्यूले आइशोलेसनबाटै निर्णय गर्नु भयो कि, मन्त्रालयमा गएरै गर्नुभयो भन्ने कुरा हामीलाई जानकारी छैन, जानकारी हुने विषय पनि भएन ।’ 

वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट ९० प्रतिशत चिनियाँ लगानी रहेको कम्पनी हो । बाँकी १० प्रतिशत लगानी नेपालीको छ । यो कम्पनी अशेष मल्लको नाममा रहेको विभागमा पुगेका डकुमेन्टमा देखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved