२ वाणिज्य बैंकसहित आधा दर्जन वित्तीय संस्थाका लुटेरालाई आलेले बनाए पर्यटन बोर्डको सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 02:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

वित्तीय अपराधमा अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई पर्यटनमन्त्री प्रेम आलेले पर्यटन बोर्डको सदस्यमा नियुक्त गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाहरु लुटपाट गरेर अदालतबाट दोषी ठहर भएर जेल सजाय भोगेका व्यक्तिलाई मन्त्री आलेले बोर्डको सदस्य नियुक्त गरेका हुन् ।

तर, यो निर्णय गोप्य राखिएको छ । लिला भनिने टासी लामालाई मन्त्री आलेले बोर्डको सदस्य नियुक्त गरेका हुन् । उनी सिन्धुपाल्चोकका बासिन्दा हुन् । तर, अदालतबाट दोषी ठहर भएर जेल सजाय भुक्तान गरेपछि उनले नाम फेरेर लिला लेख्न थालेका थिए ।

मन्त्री आलेले सदस्यमा नियुक्त गर्ने निर्णय गरिसकेको भएपनि उनलाई नियुक्ति पत्र भने दिईएको छैन । एमाले पृष्ठभूमीका भएपनि आलेसँज नजिक रहेका कारण उनले नियुक्त पाएका हुन् । लामाको हाल  लैनचौरमा रेष्टुरेन्ट व्यवसाय छ ।

यी हुन् लामाले लुटेका बैंक

टासि लामाले विभिन्न समयमा एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, गुडविल फाइनान्स, कान्तिपुर फाइनान्स र स्याकार ट्रेडिङ कम्पनीबाट करोडौँ रुपैयाँ लुटेका थिए । 

काठमाडौँको बौद्धस्थित बैंक अफ काठमाण्डूको शाखाबाट रकम लुटेपछि २०६२ सालमा लामा पक्राउ परेका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौँले उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

तर, २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनलाई आम माफी दिईएको थियो ।

उनी लागू औषधको कारोबार गरेको आरोपमा पनि समातिएको प्रहरीको रेकर्डमा देखिएको छ ।

बोर्डको अर्का सदस्यका लागि मदन आचार्यको नाम सिफारिस भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved