पर्वतारोहण संघको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 03:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्वतारोहण संघको साधारणसभा अर्को सुचना नभएसम्मका लागि स्थगित भएको छ । संघले आज शुक्रबार पत्रकार सम्मेलन गरी अर्को सुचना नभएसम्मका लागि साधारणसभा स्थगित भएको जानकारी दिएको हो ।

उच्च अदालत पाटनले चैत ८ गते सभा स्थगित गर्न अल्पकालिन आदेश दिएको थियो । 

संघको ३१औं वार्षिक साधारणसभा चैत ९ गतेका लागि तय भएको थियो । तर, अदालतको आदेशपछि रोकिएको थियो । अब अर्को आदेश जारी नभएसम्म साधारणसभा रोकिएको हो । 

संघको विधान संशोधन गर्न लागिएपछि अदालतमा रिट परेको थियो । अदालतले उक्त रिटमा अल्पकालिन आदेश जारी गर्दै सभा रोक्न आदेश दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved