नाट्टाको अध्यक्षमा रमेश थापा निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2022 | 10:24:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनबाट थापा अध्यक्षमा विजयी भएका हुन् । 

शुक्रबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षका प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् । 

वरिष्ठ उपाध्यक्षमा प्रमोद ढकाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणी थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा गीता ढकाल निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यमा विष्णु पाण्डे, ढकनाथ काफ्ले, नमराज भेटवाल, पर्शुराम घिमिरे, रामशोभित नायक, सवला भण्डारी, डेन्डी शेर्पा र श्रद्धा जोशी विजयी भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved