नेपालको खाना, संस्कृति र गन्तव्य प्रवद्र्धन गर्न बीबीसी मास्टर सेफको टोली नेपाल आउदैँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2022 | 03:57:42 PM मा प्रकाशित

laxmi  sunrise bank

प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खाना मार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमा आमन्त्रण गरेको छ ।

मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको  टोली अप्रिल ७, २०२२ मा काठमाडौँ आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरुमा संलग्न हुने पाटा नेपाल च्याप्टरले जनाएको छ ।

उक्त कार्यक्रम अन्तर्गत काठमाडौँमा ‘फाइनडाइनिङ्ग’ कार्यक्रम, जनकपुरमा ‘मिथिला खाना तथा रेसिपी’ विषयमा कार्यक्रम र बर्दियामा थारु संस्कृति तथा खाना सम्बन्धी प्रवद्र्धनात्मक  कार्यक्रम सहित मास्टरशेफहरूद्वारा नेपालको खानाको लोभ र रहस्य पत्ता लगाउन वाइल्ड स्पाइसेस हंटिङ्ग कार्यक्रम आयोजना गरिनेछ । 

त्यसैगरी, सगरमाथा आधार शिविर कालापत्थर र नेपालको साहसिक पर्यटनको राजधानी पोखरामा समेत भ्रमण एवम् पर्यटन प्रवद्र्धनका कार्यक्रम समेत रहेको छ । मास्टर सेफहरुले अप्रिल ११ मा काठमाडौँमा आयोजना हुने पाटा नेपालको ४५ औँ वार्षिक साधारणसभाको औपचारिक समारोहमा पनि सहभागी हुनेछन् ।

पाटा नेपाल द्धारा आयोजना गरिएको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रुपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रुपमा नबिल बैंक र हेल्थ पार्टनरको रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् । 

त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजिएच ग्रुप अफ होटेन्स्, कम्युनिटी होमस्टे, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, सनफ्लो सनफ्लावर आयल र हाइग्राउण्ड एडभेन्चरलेसमेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका छन् ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतीचन्द ठाकुरले बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफहरुलाई नेपाल भ्रमण गराई उनीहरु मार्फत गन्तव्यको प्रचार प्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्धारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved