लमजुङको घलेगाउँ बन्यो ‘सुखी गाउँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 02:47:36 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङको पर्यटकीय गाउँ घलेगाउँ ‘सुखी गाउँ’ घोषणा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित घलेगाउँ पुगेर घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा गरेका हुन् ।

प्रकृति सम्पन्नता र पर्यटकीय रूपमा महत्त्वपूर्ण घलेगाउँ लमजुङको सुखी गाउँ घोषित भएको छ । स्थानीयले सबै मापदण्ड पूरा गरेर गाउँलाई सुखी गाउँ बनाएका हुन्।

घलेगाउँका स्थानीयहरु पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् । उनीहरु गाउँमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खुशी बनाएर फर्काउछन् ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले सडक, खानेपानी, स्वास्थ्य र  शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको बताउँछन् । 

घले, गुरूङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १२५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर ५ लाखदेखि ६ लाख छ । यो गाउँका हरेक घरको वार्षिक बचत १ लाखदेखि डेढ लाखसम्म छ । 

२०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’को अयोजना गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरूमा  पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved