आलेले हटाएका पर्यटन बोर्डका २ सदस्यलाई अदालतले फर्काइदियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2022 | 03:59:24 PM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान पर्यटनमन्त्री प्रेम आलेले हटाएका नेपाल पर्यटन बोर्डका २ सदस्यहरुलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ । 

कार्यकाल बाँकी छँदै आलेले आफ्नो स्वार्थपूर्तिका लागि हटाएका सदस्यद्वय नवाङ निमा शेर्पा र कृष्णकुमार शाहलाई अदालतले पुर्नबहाली गरिदिएको हो । आलेले कार्यकाल १ वर्ष ६ महिना बाँकी हुँदा नै हटाएपछि उनीहरु अदालत गएका थिए । 

अदालतले शेर्पा र शाहको पक्षमा फैसला गर्दै के कारणले हटाएको हो भन्ने समेतको कारण देखाउन पर्यटन मन्त्रालयलाई आदेश दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved