टान अध्यक्षका प्रत्याशी निलहरि बाँस्तोलाका योजना के छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 05:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन सोमबार हुँदैछ । बिहान ८ बजे उद्घाटन गरेर सोही दिन बन्दसत्र सहित निर्वाचनसमेत सक्ने तयारी छ । होटल ह्यातमा हुने साधारणसभाको तयारी अन्तिम चरणमा छ । 

टानको आगामी नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरु मिलेका छन् । यी ३ दल निकट व्यवसायीहरुले निलहरि बाँस्तोलाको अध्यक्षतामा प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । 

माओवादी केन्द्र निकट व्यवसायीको तर्फबाट कमल सापकोटा अध्यक्षका प्रत्याशी छन् । 

त्यस्तै, स्वतन्त्र व्यवसायीको प्रतिनिधित्व गर्दै बोधराज भण्डारीले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तो छ बाँस्तोलाका योजना

उनले आफूले व्यवसायीले चाहे जस्तो टान बनाउन नेतृत्वमै बसेर काम गर्न चाहेको बताएका छन् ।  हाल, व्यवसायीलाई निर्वाचनको समयमा मात्रै खोज्ने गरिएको भन्दै गुनासो बढिरहेका बेला ३ राजनीतिक दल निकट व्यवसायीको तर्फबाट साझा उम्मेदवार बनेका बाँस्तोलाले टानलाई व्यवसायी र व्यवसायीका कम्पनीसँग जोडिएका गाइड पोर्टरहरुको संस्थाका रुपमा स्थापित गर्न चाहेको उल्लेख गरेका छन् । 

उनले आफूले यसअघि २ वर्ष टानको कार्यसमितिमा बसेर काम गरेको र आफूसँग पर्वतीय पर्यटनको क्षेत्रमा २७ वर्ष काम गरेको अनुभव भएकाले आफ्नो अनुभवलाई ट्रेकिङ व्यवसायीहरुको हितमा लगाउन चाहेको पनि बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved