‘गोल्ड मेडलिस्ट’ उपसचिवलाई घुस दिने व्यवसायीले पाए प्याराग्लाइडिङ उडाउने अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 01:48:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागेपछि उनलाई अख्तियारको कठघरामा उभ्याएका व्यवसायीले प्याराग्लाइडिङ उडानको अनुमति पाएका छन् । अनुमति पाएसँगै अब व्यवसायीहरु पूर्णप्रसाद चौलागाईं र टेकबहादुर पुनले ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.को नामबाट म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउने भएका छन् । 

पर्यटन मन्त्रालयले आइतबार ग्लोबल ट्राभल एण्ड एडभेन्चर्स प्रा.ली.लाई म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ सिख क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । 

उनीहरुलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिनुनपर्ने कुनै कारण नै नभई उपसचिव नेपालले घुस लिने मनशायले फाइल रोक्दै आएका थिए । उनले नागरिक उड्डयन महाशाखाका प्रमुख सह–सचिव बुद्धिसागर लामिछानेलाई समेत प्रभावमा पारेका थिए । 

यसअघिः
‘गोल्ड मेडलिस्ट’ उपसचिव घुस प्रकरणः खैरो डायरीमा भ्रष्टाचारको दररेट, थप ३ कर्मचारी पनि डामिए

तर, घुस लिँदालिँदै उपसचिव पक्राउ परेपछि मन्त्रालयका अधिकारीहरुले हतार हतार फाइल अघि बढाएर साउन ३० गते सोमबार व्यवसायीहरुलाई बोलाएर अनुमति दिएका हुन् । 

अन्नपूर्णको खोप्रादेखि स्वाँत भन्ने ठाउँसम्म प्याराग्लाइडिङ उडाउन व्यवसायीहरुले ग्लोबल ट्राभल एण्ड एड्भेन्चर्स प्रा.ली.को नामबाट पर्यटन मन्त्रालयमा तत्कालीन पर्यटन सचिव केदार बहादुर अधिकारीसमक्ष २४ पौष २०७६ मा निवेदन दिए ।

कोरोना महामारीका कारण काम अघि बढेन । तर, गत वैशाखमा पुनः व्यवसायीहरु ‘फलोअप’का लागि पर्यटन मन्त्रालयमा जाँदा फाइल हराएको दिईएको थियो । त्यसपछि उनीहरुले ८ असारमा पर्यटन सचिव महेश्वर न्यौपानेसमक्ष पुनः निवेदन दिए । 

यो पनिः
‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव

यस क्रममा उपसचिव प्रमोद नेपालले ६ लाख घुस मागे । सेवाग्राही चौलागाईं र पुनले अख्तियारमा उजुरी दिए । उजुरीपछि खटिएको अख्तियारको टोलीले १७ साउनमा नागपोखरीस्थित होटल अरण्यबाट उपसचिव नेपाललाई ६ लाख रुपैयाँ घुस र स्रोत नखुलेको १६ लाख ५० हजार गरी २२ लाख ५० हजारसहित पक्राउ गर्यो । 

लगत्तै, अताल्लिएका पर्यटन मन्त्रालयका अधिकारीहरुले तत्काल काम अघि बढाएर चौलागाईं र पुनको कम्पनीलाई प्याराग्लाइडिङ उडानको अनुमति दियो ।

अनुमति पाएसँगै अब ग्लोबल ट्राभल एण्ड एडभेन्चर्सले म्याग्दीमा ८ वटा प्याराग्लाइडिङ उडाउन पाउने भएको छ । ८ मध्ये ५ थान टेन्डम (दुई जना बसेर उड्न मिल्ने) र ३ थान सोलो (एकल) प्याराग्लाइडिङ हुनेछन् ।

यसअघिः
घुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved