टानमा बाँस्तोलाको प्यानल नै विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 08:48:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को साउन ३० गते सम्पन्न निर्वाचनमा निलहरि बाँस्तोलाको प्यानल नै विजयी भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरुको प्यानल नै भारी मतान्तरमा विजयी भएको हो ।

मंगलबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्षमा माओवादी समर्थित कमल सापकोटालाई ३५२ मतको अन्तरमा पराजित गर्दै निलहरि बाँस्तोला विजयी भएका छन् । बास्तोलाले ६१६ मत प्राप्त गर्दा सापकोटाले २६४ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार बोधराज त्रिपाठीले ४४ मत प्राप्त गरेका छन ।

वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सह–कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा विजयी भएका छन् । 

सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठी र कृष्णबहादुर परियार विजयी भएका छन् ।

विजयी भएका परियार भने माओवादी केन्द्र निकट व्यवसायी हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved