‘टुरिष्ट भिसा’मा विदेश जान कडाई, ४ लाख आम्दानी र कर तिरेको प्रमाणपत्र अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 01:07:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटक भिसामा विदेश जान कडाई हुने भएको छ । पर्यटक भिसामा विदेश पठाएर दलालहरुले मावन तस्करी गरिरहेको र विदेशमा अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको भन्दै गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि–२०७९’ स्वीकृत गर्दै पर्यटक भिसामा विदेश जान कडाईको नीति लिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलका अनसार पैसा नभएका र विदेश घुम्न जान पर्याप्त आम्दानीका स्रोत नभएकाहरु पनि भिजिट भिसामा विदेश जाने र उतै अलपत्र पर्ने क्रमलाई रोक्न कडाई गर्ने गरी कार्यविधि स्वीकृत गरिएका हो । 

विदेश घुम्न जान के के पेश गर्नुपर्छ ?

अब पर्यटक भिसामा विदेश जान यसरी विदेश जाने व्यक्तिले आफ्ना परिवारका सदस्यसँग नाता सम्बन्ध खुल्ने सरकारी कागजात पेश गर्नुपर्नेछ । 

कम्तीमा वार्षिक ४ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने र कर प्रणालीमा आवद्ध भएको प्रमाणित हुने कागजात र कम्तीमा २ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको बैंक स्टेटमेन्टसमेत पेस गर्नुपर्ने छ । 

आम्दानीका आधारमा कर तिरेको प्रमाण, आवत जावतकै हवाई टिकट र जान लागेको देशमा होटल बुकिङ गरेको प्रमाण पनि बुझाउनु पर्नेछ । 

पर्यटक भिसामा जाने व्यक्तिको वार्षिक आम्दानी ४ लाख, कर तिरेको प्रमाणपत्र र बैंकमा नगद २ लाख मौज्दात नरहेको अवस्थामा परिवारका कुनै एक सदस्यको भएपनि हुने कार्यविधिमा उल्लेख छ । 

‘जस्तो, राम र श्याम दाजुभाइ हुन्, राम टुरिष्ट भिसामा विदेश जानुपर्ने भयो, रामको आम्दानी वार्षिक ४ लाख छैन, कर तिरेको प्रमाण छैन र उसको बैंक खातामा २ लाख नगद मौज्दात पनि छैन भने उसको भाइ श्यामको खातामा तोकिए अनुसार पैसा छ र वार्षिक ४ लाख आम्दानी पनि हुने गरेको कागजात छ भने श्यामसँगको नाता प्रमाणित कागजातका आधारमा रामलाई जान दिन मिल्ने गरी कार्यविधि स्वीकृत गरिएको छ’ गृह स्रोतले भन्यो ।

परिवारका सदस्य सञ्चालक रहेको संस्था वा कम्पनीको आम्दानी, उक्त कम्पनी कर प्रणालीमा आवद्ध भएको प्रमाण र कम्पनीको समेत बैंक मौज्दात २ लाख छ भने उक्त कम्पनीको सञ्चालक सँगको नाता खुल्ने प्रमाणका आधारमा पनि टुरिष्ट भिसामा विदेश पाइने छ ।

तर, हवाई टिकट लिनु अगाडी अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने छ । स्वीकृति लिन आफू जाने ७ दिन अगाडी नै विभागको अनलाइन प्रणालीबाट निवेदन दिनु पर्नेछ । 

त्यसपछि हवाई टिकट र होटल बुक गरेको प्रमाण पेश गर्नुपर्ने छ ।

नियमित यात्रु र विगतमा लामो समय विदेशमा बसेका व्यक्तिहरूको हकमा भारत, मलेसिया र खाडी देशबाहेक कम्तीमा २ देशको भ्रमण गरेको अभिलेख पनि बुझाउनु पर्नेछ । यसरी २ देश भ्रमण गरेको अभिलेख बुझाउँदा ट्रान्जिट भिसालाई भ्रमण गरेको मानिने छैन ।

उच्च शिक्षा अध्ययनको हकमा प्राविधिक विषय भए कम्तिमा डिप्लोमा र अन्य विषय भए स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र बुझाउनु पर्नेछ । 

पहिल्यै लामो समय विदेश बसेका व्यक्तिको हकमा भारत, मलेसिया र खाडीका देश बाहेक अन्य देशमा कम्तीमा २ वर्ष बसेको देखिने अभिलेख बुझाएपछि मात्रै पर्यटक भिसामा विदेश जान दिईनेछ । यस्ता व्यक्तिले आफू जान लागेको देशमा रहेका आफ्ना आफन्तको सम्पर्क नम्बरसहितको विवरण पनि बुझाउनु पर्नेछ । 

त्यस्तै, विदेशमा आफन्त बिरामी परेर कुर्न जानुपर्ने भएमा बिरामीको राहादानी, भिसा र गन्तव्य मुलुकमा बिरामी आगमन भएको देखिने कागजको प्रतिलिपि बुझाउनुपर्ने छ । 

गन्तव्य मुलुकमा रहेको वा सो देश हेर्ने नेपाली दूतावास वा बिरामी कार्यरत कम्पनीले बिरामी भइ उपचार गराउनुपर्ने अवस्था रहेको भनेर लेखेको पत्र, ३ पुस्ता भित्रको नाता खुल्ने सरकारी कागजात, २ तर्फी हवाई टिकट र आफू जान लागेको देशमा वेबसाइट खुल्ने गरी होटल बुकिङ गरेको प्रमाण वा गन्तव्य मुलुकमा भएको आफन्तको सम्पर्क नम्बरसहितको विवरण बुझाउनु पर्नेछ ।

यसैबीच, विदेशमा आफन्तको मृत्यु भएर पर्यटक भिसामा जानु पर्दाको अवस्थामा भने स्थानीय तहको सिफारिस भए पुग्नेछ । तर, यसका लागि मृतकको राहदानीको प्रतिलिपि वा राहदानीको प्रतिलिपि प्राप्त हुन नसके मृतकको परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा मतदाता परिचय पत्र उपलब्ध गराउनु पर्नेछ । 

दूतावास वा मृतक कार्यरत रहेको कम्पनीले मृत्यु भएको प्रमाणित गरेको कागजात पनि पेश गर्नुपर्ने छ । 

यस्तो छ कार्यविधिः 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved