‘द क्लिफ’का अध्यक्ष कार्की जनसेवा श्री पदकबाट विभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 03:44:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेको ट्रेन्डिङ पर्यटन हव ‘द क्लिफ’का अध्यक्ष राजु कार्की संविधान दिवसको अवसरमा जनसेवा श्री पदकबाट विभूषित भएका छन् ।

राजुको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र बिश्वकै दोश्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्वीङसँगै क्लिफमा रिसोर्ट, बिश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

‘सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्’ अध्यक्ष राजु थप्छन् ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’ 

राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ २९ को सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा विभूषण प्रदान भएको हो ।

पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरी विशिष्ट योगदान पुर्‍याए बापत  कार्की गत बर्ष पर्यटन मन्त्रालय र नेपाल जेसिजबाट पनि सम्मानित भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved